कञ्चनपुरमा एक युवकले निलेका लागूऔषधका ९ वटा प्लास्टिकका पुडिया दिसाबाट बरामद

Published by:

Published on:

महेनद्रनगर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट पेटभित्र लुकाएर ल्याइएको ७।७५ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–३ का २७ वर्षीय कमल बि।क। रहेका छन्।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले साउन २१ गते साँझ करिब ५स्३० बजे भीमदत्त नगरपालिका–११, गड्डाचौकीमा उनलाई रोकी जाँच गरेको थियो।

प्रारम्भिक खानतलासीका क्रममा कुनै लागूऔषध फेला नपरेपछि प्रहरीले उनले पेटभित्र लागूऔषध लुकाएको आशंकामा नियन्त्रणमा लिई महाकाली प्रादेशिक अस्पतालमा चिकित्सकीय निगरानीमा राखेको थियो।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ९ बजे दिसा गर्ने क्रममा उनले निलेका ९ वटा प्लास्टिकका पुडिया बाहिर निस्किएका थिए। ती पुडियाबाट ७।७५ ग्राम शुद्ध तौलको खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार