श्रीमती संगको विबादको पछि महाकाली नदिमा हाम फालेका खत्री अझै फेला परेनन्

Published by:

Published on:

महेद्रनगर भदौ १ । शुक्रबार बनबसा पुलबाट महाकाली नदिमा हाम फालेका सुनिल खत्रि चार दिन बितिसक्दा समेत अझै फेला पर्ने सकेका छैनन् । जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत प्रहरी जवान विमला भाट संग खत्रिले गत मंंसिरमा मागि बिवाहा गरेको सुनिल कि दिदि दिपा धामीले बताइनन्।

बिवाहा गरेको वर्ष दिन बित्न नपाउदै श्रीमति संगको घरायसी विवादका कारण दार्चुृलाको लेकम गाउँपालिका ६ सिरोडाका २७ वर्षिय सुनिल खत्रीले सुनिल शिंह नामको फेसबुक एकान्टबाट आज मलाई यो अवस्थामा पुगाएकोमा धन्यवाद बिमला भाटः लेख्दै भारतको बनबसाको पुलबाट साउन महिनाको उर्लिँदो महाकाली शुक्रबार मध्यान्न नदिमा हाम फालेका थिए।

शुक्रबार हाम फालेर महाकाली नदिमा बेपत्ता रहेका सुनिल खत्री भने चार दिन बितिसक्दा समेत अझै फेला पर्ने नसकेको सशस्त्र प्रहरी सिमा सुरक्षा गुल्म गड्डाचौकीका डिएसपी चुनराज थापाले आभाष डटकमलाई बताए।‘थापाले भन’े नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलिले खत्रीको खोजीकार्य जारी राखेको छ’।‘महाकाली नदिमा पानिको वहाव दिनप्रतिदिन बढ्दो क्रममा छ। छेउछाउतीर पनि हेरिरहेका छौँ अझै फेला पार्ने सकेका छैनौ हाम्रो प्रयास जारी छ,,सोमबार मात्र महाकाली नदिमा पानिको वहाव एक लाख ६० हजार क्युसेक नाघेको हँुदा बनबसा पुल भएर चल्ने चारपाग्रे सवारी साधनमा रोक लगाएको सारदा ब्यारेज नामक फेसबुकमा उल्लेख गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार