कञ्चनपुरमा कुवँर माथि हातपात र दुव्र्यवहार,संलग्न दोषीलाई कानूनी कारवाहीमा ल्याउन कार्यालयको जोडदार माग

Published by:

Published on:

महेन्द्रनगर भदौ ३ । कञ्चनपुरमा कर्मचारी माथि हातपात र दुव्र्यहार भएको छ ।यातायात ब्यावस्था कार्यालय कञ्चनपुरमा कार्यरत कर्मचारी सहायक कम्प्युटर अपरेटर विमल बहादुर कुवँर माथि अमर्यादित,अपराधिक, तथा निन्दनीय तथा गालिगलौँजको घटना प्रति कार्यालयले प्रेस विज्ञप्ति प्रकाशित गर्दैै गम्भीर ध्यानाकर्र्षण भएको जनाएको छ ।

बुधवारको दिन कार्यालय समयमै सेवा प्रवाहका द्धारानमा एकजना व्याक्तिले अनावश्यक रुपमा कार्यालमा प्रवेश गरि हाम्रो कर्मचारी माथि शाररिक आतपात र दुव्र्यहार गरेका छन् प्रेस विज्ञप्ति उल्लेख गरिएको छ । सार्बजनिक सेवामा खटिएका राष्ट्रसेवक कर्मचारी माथि हुने यसप्रकारका अराजक,हिंसक,र गैरकानूनी गतिबिधिले कर्मचारीको मनोबल उच्च राख्दै निर्बाध रुपमा सेवा पाउने नागरिकको अधिकारमा समेत गम्धीर आघात पुगेको प्रेस विज्ञप्तिमा छ ।

यातायात ब्यावस्थापन कार्यालय कञ्चनपुरले यसप्रकारका घृणित कार्यको जोडदार सब्दमा भत्सर्ना गर्दै उक्त घटनामा संलग्न दोषीलाई तत्काल कानून बमोजिम कडा भन्दा कडा कारवाहिको दायरामा ल्याउन सम्बन्धीत निकायसग प्रेस विज्ञप्ति मार्फत जोडदार माग गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार