महेन्द्रनगर भदौ ७ । कैलालीको चिप्ले झरनामा खसेर बेपत्ता रहेका डडेल्धुराका युवकको शव फेला परेको छ।
कैलाली जिल्लाको चुरे गाउँपालिका ६ मा रहेको चिप्ले झरनामा शनिबार खसेर बेपत्ता भएका डडेल्धुराका २१ बर्षीय खगिराज पन्तको शव आईतबार फेला परेको जिल्ला प्रहरी कार्याल कैलालीका सूचना अधिकारी प्रहरी नायक उपरिक्षक योगेनद्र तिमिल्सीनाले बताए। बेपत्ता पन्तको सनिबार देखि नेपाल प्रहरी,सशस्त्र प्रहरीहरुले खोजिकार्य जारी राखेको थियो,खोजतलासको क्रममा पन्तको शव ५ सय मिटर तल खोचमा फेला परेको प्रहरी जनाएको छ ।



