महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १७ मा देखा परेपछी सबैलाई सचेत रहन हाग्रह गरिएको छ ।
शनिबार बासखेडा वडा कार्यलय नजिकै धानबारीमा चितुवा देखा परेपछी उक्त क्षेत्रमा आवतजावत गर्ने,खेतबारीमा घास काट्ने सबैलाई जनालाई सचेत रहन आग्रह गरिएको भीमदत्त नगरपालि १७ का वडा अध्यक्ष पदम बुढाले बताए।
वडा कार्यालय नजिकै चितुवा देखा परेपछी शुक्लाफाटा राष्ट्रियको निकुञ्ज कञ्चनपुरको यद्धार टोली चितुवा भएको स्थानमा खटिएको थियो । टोलिले स्थलगत निरिक्षणपछी चितुवा सानो बच्चा भएको र बालबालीकाहरुलाई सुरक्षीत राख्न आग्रह गर्दै फिर्ता भएको थियो।




