महेन्द्रनगर २०८३ भदौ १५ । उद्योग वाणिज्यसंघ कञ्चनपुरका अध्यक्ष दिनेश मल्लले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा पाँच लाख एक हजार एक सय एघार रुपैया सहयोग गरेका छन् ।
स्वर्गीय आमाको स्मृतीमा मल्लले प्राकृतिक विपद्को समयमा भोटेकोशी नदिमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धारका लागि अध्यक्ष मल्लले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा पाँच लाख एक हजार एक सय एघार रुपैया सहयोग गरेका हुन ।
सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै आमाको स्मतीमा स्थापित राजुदेवी मल्ल प्रतिष्ठान मार्फत कोषमा रकम जम्मा गरेका हुन। समाजसेवि तथा मनकारी मल्लले कोभिड १९ को महामारीको समयमा समेत मल्लकै पहलमा महाकाली प्रादेशिक अस्पतालमा अक्सिजन उपलब्ध गराएर धेरैको ज्यान जोगान सक्रिय भूमिका निर्बाह गरेका थिए भने कोभिडको पहिलो महामारीको समयमा भारतबाट गड्डाचौकी नाका हुँदै नेपाल फर्केका नागरिकका लागि भोजनको समेत व्यावस्था गरेका थिए ।



