जिल्ला प्रशासन कार्यालय दार्चुलाल द्धारा सवारी आवागमन तथा प्रस्थानमा रोक

Published by:

Published on:

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सवारी आवागन तथा प्रस्थानमा रोक लगाएको छ ।

बर्षाको समयमा आउनसक्ने विपद्लाई मध्यनजर गर्दै तथा सोमबार रातीबाट निरन्तर भईरहेको बर्षाका कारण कतिपय सडकखण्डहरुमा पहिरो खस्ने क्रम नरोकिएकोले सदरमुकाम खलंगाबाट अन्यत्र प्रथान गर्ने,तथा अन्य स्थानबाट जिल्ला सदरमुकाम खलंगा प्रवेश गर्ने सवारी साधनहरुलाई मंगलबार मध्यान्न देखि रोक लगाइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले बताए ।

तर सदरमुकामबाट प्रस्थान गरिसकेका वा विभिन्न स्थानबाट सदरमुकामतर्फ प्रस्थान गरि हाल बाटोमा रहेका सवारी साधनको हकमा सुरक्षा निकायले बाटोको अवस्था तथा जोखिमको स्तर विश्लेषण गरि आवश्यक व्यावस्था मिलाउन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताए।

ताजा समाचार

सम्बन्धित समाचार