धनगढी भदौ १७ । नवप्रवेशी इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत क्षेत्रबारे आवश्यक ज्ञान, सीप तथा तथा आर्किटेक्टका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्नकरियरसम्बन्धी मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आयोजित ‘Professional Orientation and Career Empowerment’ कार्यक्रम धनगढीमा सफलतापूर्वक सम्पन्न भएको छ।
नेपाल इन्जिनियरिङ परिषद् (NEC), नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) तथा नेपाल इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिम प्रदेशको संयुक्त आयोजनामा भएको कार्यक्रमको सभापतित्व NEA सुदूरपश्चिम प्रदेशका सभापति नवीनराज जोशीले गर्नुभएको थियो। कार्यक्रममा नवस्नातक इन्जिनियर तथा आर्किटेक्टहरूलाई कार्य क्षेत्रमा आवश्यक व्यावहारिक ज्ञान, पेशागत जिम्मेवारी, चुनौती तथा करियर विकासका विषयमा महत्वपूर्ण अभिमुखीकरण प्रदान गरिएको थियो।
कार्यक्रमका सहभागी नवस्नातक इन्जिनियरहरूले कार्यक्रम अत्यन्तै उपलब्धिमूलक र व्यवहारिक रहेको बताउँदै कार्यक्षेत्रमा काम गर्दा आवश्यक पर्ने महत्वपूर्ण जानकारी प्राप्त भएकोमा खुशी व्यक्त गरे। साथै, यस्ता उपयोगी कार्यक्रम आयोजना गरेकोमा आयोजकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तरताको अपेक्षा राखेका छन्।



