महेन्द्रनगर २०८३ भाद्र २५। लागूऔषध ब्राउन सुगर सहित सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन्।
सशस्त्र प्रहरी गुल्म डडेल्धरामा कार्यरत जवान प्रभाष मल्ल लागूऔषध ब्राउन सुगर सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता टेब बहादुर रावले बताए । सुदुरपश्चिम प्रदेश लागूऔषध प्रहरी ब्युरोको टिमले मल्ललाई भदौ १५ गते जिल्लाको पश्चिमी सिमानाका गड्डाचौकी बाट ७ ग्राम ५ सय ९७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको बताए।
ब्राउन सुगर सहित पक्राउ परेका मल्ललाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासत कक्षमा राखि अनुसन्धान भईरहेको जनाईएको छ ।



