विद्यार्थी र नागरिकका समस्या समाधान गर्ने प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

Published by:

Published on:

महेन्द्रनगर । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन –क्रान्तिकारी जिल्ला समिति कञ्चनपुरले पाँच बुँदे माग सहित जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला ज्ञापनपत्र बुझाएका छन् ।

शोमबार समग्र जिल्लाका विद्यार्थी आम नागरिकको हकहितको संरक्षण,उपधोक्ता अधिकारको सुनिश्चितता,सार्वजनिक सेवामा सुशासन र कानूनी व्यावस्थाको प्रभावकारी कार्यान्वयन,विभिन्न समस्याको समाधान तथा अनिमितताको नियन्त्रणका लागि सम्बन्धीत निकायको प्रभावकारी पहल आवश्यक देखिएको भन्दै अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन –क्रान्तिकारी जिल्ला समिति कञ्चनपुरले पाँच बुँदे माग सहित ज्ञापनपत्र बुझाएका हुन ।पाँच बुँदे माग यसप्रकार छन् ।

१) मापदण्ड विपरित संचालित संस्थागत विद्यालयको बसको नियमन तथा नियमित अनुगमन गरी विद्यार्थीको सुरक्षित आगमन ।
२) सार्वजनिक यातायातमा विद्यार्थीहरुलाई प्रदान गरिने १० प्रतिशत छुट पुर्ण रुपमा कार्यान्वयन गरी प्रभावकारी अनुगमन।
३) दशै– दिवालिको समयमा हुने अस्वभाविक मुल्यवृद्धि,कृत्रीम अभाव तथा कालो बजारी नियन्त्रण गरी नियमित बजार अनुगमन ।
४)सरकारी सवारी साधनको अनधिकृत प्रयोग तथा दुरुपयोग नियन्त्रण दोषिमाथि आवश्यक कारवाही ।
५)सीमा नाकामा हुने भन्सार छल,अबैध ओसारपसार तथा राजस्व चुहावट नियन्त्रण गर्ने प्रभावकारी निगरानी र अनुगमन गरिनुपर्ने अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन –क्रान्तिकारी जिल्ला कमिटी कञ्चनपुरका अध्यक्ष डिबि धामी –अविरलले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार