महेन्द्रनगर । रामलीला समिति कञ्चनपुरले दोधाराचाँदनीमा संचालन भईरहेको रामलीलाका रामका पात्रमाथि लगाएको आरोप समग्र धर्म संस्कृतिमाथिको प्रहार भएको ठहर गरेको छ ।
आर्दश रामलीला समितिले बाबाथानमा आयोजना गरेको रामलीला महोत्सवमा रामका पात्रमाथि मोटरसाईकल चोरीको आरोपमा प्रहरीले पक्र्राउ गरेको विषयमा समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । रामलीला समिति कञ्चनपुरका अध्यक्ष शमरजङ्ग बहादुर चन्दले आरोप पुष्टी नहुँदै विभिन्न मिडियादेखि समाजिक सञ्जाल मार्फत दुष्प्रचार गरिनु दुखत र धर्ममाथि समग्र रामलिलामाथि प्रहार भएको बताए ।
अध्यक्ष चन्दले रामलीलाका एक पात्रमाथि समान्य सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका विषयमा सिधै समग्र रामलीलाको बदनाम गर्ने गराउने भएकाले त्यसतर्फ गम्भिर हुन सरोकारवालालाई आग्रह गरेका छन । ‘हाम्रो विशुद्ध धार्मिक संस्कृति सरक्षणका लागि लगाईने रामलीला हुन, ‘उनले भने, ‘यसमा कुनैपनि पक्षबाट हुनसक्ने समान्य त्रृटीलाई लिएर समग्र रामलीलाकै बदनाम गर्ने गराउने कसैबाट कुञ्चेष्टा नहोस ।’ आफुहरुले १२ बर्षदेखि कञ्चनपुरमा रामलीला संचालन गर्दै आएको र विभिन्न पक्षबाट अनेकन बाधा व्यवधान हुने भएकाले यस यस्ता विषयमा समेत बुझिदिन आग्रह गरिएको छ ।
‘रामलीलाको बदनाम गर्ने गराउने भएकाले समग्र समाज नै भाड्ने काम भएको छ, ‘उनले भने, ‘अब उपरान्त समितिदेखि सरोकारवाला जिम्मेबार हुनुपर्छ ।’ रामलीला समिति कञ्चनपुरका महासचिव नरेन्द्र प्रशाद जोशीले अहिले जिल्लाको दोधाराचाँदनी, महेन्द्रनगर बेदकोटको सुन्दरपुर, बेलौरी, पुर्नवासमा भएको रामलीलामा हुने समान्य त्रृटीलाई लिएर कुनैपनि पक्षबाट उचाल्न नहुने बताए । महासचिव जोशीले रात्रीकालिन मेलामा हुने समस्या आपसी समझदारीका साथ समाधानमा जोडदिएका छन । आर्दश समाज निर्माणका लागि रामलीला सफल पार्नका लागि सरोकारवाला निकायको सहयोग, सद्भाव आवश्यक रहेको औल्याएको छ ।



