सुपथ मुल्य पसल सञ्चालनमा

Published by:

Published on:


महेद्रनगर । खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले सुपथ छुट मुल्य पसल सञ्चालनमा ल्याएको छ ।

नजिकीदै गरेको चाडपर्वलाई लक्षीत गर्दै खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले सुपथ छुट मुल्य पसल सञ्चालनमा ल्याएको। बजारमा खाद्य बस्तुको अभाव हुन नदिन असोज ६ गते देखि माघ २ गते सम्म सुफत मुल्य पसल मार्फत खाद्य सामग्री बिक्री भइएरहेको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरका प्रमुख सुदर्शन थापाले बताए ।

थापाका अनुसार कार्यालयले मोटा चामल उपलब्ध गराई रहेको र जसअन्र्तगत बजारमा मोटा चामलको मुल्य प्रति केजी ६३ देखि ७० रहेको र खाद्य ब्यवस्था तथा व्यापार कम्पनीले ५८ रुपैया अथवा किलोमा ५ रुपैयामा छुटमा चामल विक्रि गर्दै आएको बताए ।

खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड देशैभरका शाखाहरुबाट सुपथ मुल्यमा खाद्यान्न उपलब्ध गराउने निति अनुसार काम गरिरहेको थापाको भनाई रहेको छ । सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षीत गरी सुपथ पसल सञ्चालनमा ल्याउदै आईरहेको छ ।यस वर्ष ४२ जिल्लाका ६३ वटा स्थानमा सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ र सो व्यावस्थापनको लागि सरकारले ३ करोड बजेट छुट्याएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार