पुर्व मुख्यमन्त्री रावल बसेकै सर्वदलीय बैठकको निर्णयबाट पछि हट्दै भीमदत्त

Published by:

Published on:

कञ्चनपुरको भीमदत्त नगरपालिका ४महेन्द्रनगर स्थित मदन चोकमा रहेका २२ सटरका विषयमा भीमदत्त नगरपालिकाले गरेका निर्णय माग गरिएको छ । उक्त स्थानमा सटर बनाउन जमिन नपुग्ने र मापदण्ड विपरित बनाउन नहुने तर्क सहित आन्दोलनमा उत्रिएका युवा विद्यार्थीले पालिकासग सुचना माग गरेका हुन ।मंगलबार सुचनाको हक सम्बन्धी ऐनको प्रयोग गर्दै पालिकामा निवेदन दिएको युवा नेता दिपेन्द्र सिह ऐरले बताए । उनका अनुसार ०८१ मंसिर २१ गते भीमदत्त नगरपालिकामा भएको सर्वदलिय पक्षीय बैठकबाट भएका निर्णयको प्रतिलिपी माग गरेको छ ।यस अघि पटक पटक माग गर्दा नदिएपछि सुचनाकै हक प्रयोग गरेको उनले बताए । संयुक्त युवा विद्यार्थीका तर्फबाट चन्द्रकान्त जोशी,करन सिह पाल, रमेश पन्त,कैलाशचन्द्र गिरी, दिपेन्द्र सिह ऐर, प्रज्वल कुँवर,तोयराज जोशी,तुल बहादुर थापा(मगर) सहितले हस्ताक्षर गरेको निवेदनमा संविधानको धारा २७ सुचनाको हक सम्बन्धी ऐन ०६४को दफा ७को उपदफा १ बमोजिम तत्तकाल बैठकबाट भएका निर्णय माग गरिएको हो ।सडक विस्तारका क्रममा मदन चोक क्षेत्रबाट हटाएका सटरका विषयमा पछिल्ला दिनमा पेचिलो बनिरहेको छ । युवा विद्यार्थीले मापदण्ड पुग्दैन भनेर आन्दोलनमा उत्रिएका बेला यस अघिका २२सटरवाला व्यवसायीले सोही स्थानमै दिनुपर्ने माग अघि सारेका छन ।भने, सर्वदलियक बैठकमा सोही स्थानमा मापदण्ड नपुग्ने भन्दै दल, सरोकारवालाले अन्यन्त्र व्यवस्थापनको धारणा अघि सारेपनि स्थानीय सरकारले निकाय दिन नसक्दा विषय रुमलिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार