महेन्द्रनगर । नेपाल विधुत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले कृषि सिचाई बाली उत्पादन वर्गको मिटरको दुरुपयोग नगरिदिन आग्रह गरेको छ ।
कञ्चनपुरमा धेरै ग्राहक वर्गलेहरुले कृषि प्रयोजनका लागि सिचाई संयन्त्रहरुमा मिटर जडान गरि कृषि उद्योग हरुमा प्रयोग गरेको पाईएको हुदाँ कृषि सिचाईको मिटरको दुरुपयोग नगरिदिन नेपाल विधुत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले आग्रह गरेको हो ।
नेपाल विधुत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख चुट्टन कुमार श्रीवास्तवले महेन्द्रनगर वितरण केन्द्रले गरेको निरिक्षणको क्रममा डेढ सय भन्दा बढि ग्राहकहरुले कृषि सिचाई बाली उत्पादन बर्गको मिटर लिई कृषि यद्योगमा प्रयोग गरेको पाईएको बताए । प्रमुखले त्यसो गर्नेमा सबै भन्दा भीमदत्त नगरपालिका वडा न १६ का ग्राहकवर्ग रहेको बताए ।
उनले भने धेरै ग्राहकहरुले कृषि सिचाई बाली उत्पादन बर्गको मिटर लगेका छन् तर कृषि उद्योगमा प्रयोग गरेका छन्,‘त्यसो गर्नु गलत हो,।‘नेपाल सरकारले कृषि सिचाई बाली उत्पादनमा २ रुपैयाँ २५ पैसा प्रति विधुत खपत मुल्य निर्धारण गरेको छ’भने कृषि उद्योगमा सात रुपैया ८० पैसा प्रति युनिट रहेको छ,’‘जुन कृषि सिचाई बालीको मिटर लिई कुषि उद्योग जस्तै पशुपालन,कुखुरा पालन,मत्सयपालनमा प्रयोज गरि कुषि सिचाई बाली भन्दै विल भुक्तानी गर्दा ५ रुपैया पच्चीस पैसा विधुतकार्यालयले घाटा बेहोर्न पर्ने हुन्छ,’।प्रमुखले जून –जून व्याक्तिहरुले जे प्रयोजनमा प्रयोग गरिरहेका छन् ति व्याक्तिहरुले ईमान्दारीता पुर्वक विधुत महसुल भुक्क्तानी गरिदिन र कुषि उद्योग वर्गमा ग्राहक परिवर्तन गरि विधुत प्रयोग गर्ने हुन आग्रह गरेका हुन ।अन्यथा निरिक्षणको क्रममा सो देखिन गए विधुत लाईन काट्न समेत आफुहरु बाध्य हुने चेतावनी समेत दिएका छन्् ।
महेन्द्रनगर वितरण केन्द्रको ग्राहक वर्गमा अनुरोध
६० दिन भन्दा बढि समय विधुत महसुल बाकि बक्यौदा रहेको ग्राहकहरुले आ–आफ्नो बाकी बक्यौदा समयमै बुझाई लाईन काटिने समस्याबाट बन्चित हुन,बिना मिटर डाईरेक्टर हुकिङ गरि मिटर वा सर्विस तार विगारी विधुत चुहावट चोरी गरेको पाईएमा,लाईन नजिकै कुनै पनि संरचना बनाउदा दुर्घटना हुने हुँदा कुनै पनि संरचना नबनाउन, तथा लाईनको नजिकै या मुनी रुखविरुवा नलगाउन,नजिकै लगाएका रुखविरुवा हटाउन,सोधपुछ विना रुखमा चढि रुख, दाउरा,हागाविगा नकाटि दिन समेत महेन्द्रनगर वितरण केन्द्रले आग्रह गरेको छ ।
