मेयर बालेनले प्रधानमन्त्री ओलीलाई भने– भोको पेट मारेर मलाई हराउन खोज्नुभएको छ !

Published by:

Published on:

काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले भोको पेट मारेर आफूलाई हराउन खोजेको बताएका छन्।

महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएको सन्दर्भमा बालेनले शुक्रबार फेसबुकमा लेख्दै यस्तो बताएका हुन्।

हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मान्छे, उनले लेखेका छन्, मलाई हराउने ताकमा, देशलाई चाहिँ नडुबाउनु होला।

केही महिनायता काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतबिना चलिरहेको छ। काठमाडौं भ्यू(टावरको नक्सा पास विवादमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं मुछिएपछि उनी छुट्टीमा छन्।

महानगर कार्यकारी अधिकृत पठाइदिन मेयर बालेनले केही महिनाअघि नै संघीय मामिला तथा प्रशासन मन्त्रालयमा चिठी लेखेका थिए। तर मन्त्रालयले अहिलेसम्म कार्यकारी नपठाएको मेयर बालेनका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंले जानकारी दिए।

मेयर बालेनले यही सन्दर्भलाई लिएर प्रधानमन्त्रीलाई सम्बोधन गरी सामाजिक सञ्जालमा लेखेको बजगाईंले बताए।


महानगरमा कार्यकारी अधिकृत नहुँदा आर्थिक कारोबार ठप्प भएको छ। महानगरमा कार्यरत करार कर्मचारीको तलबदेखि ठेक्कापट्टाको भुक्तानी रोकिएको छ। स्थानीय तह सञ्चालन ऐनमा महानगररनगरपालिकाको आर्थिक कारोबार प्रमुख प्रशासकीय अधिकृतद्वारा मात्र हुने व्यवस्था छ।

अहिले कोही पनि प्रशासकीय अधिकृत काठमाडौं महानगरपालिकामा नमानेको भाष्य निर्माण गरिएको पनि स्रोतले बतायो।

प्रधानमन्त्रीले नियोजित ढंगले महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाइ बस्नुभएको छ, स्रोतले भन्यो, तर बाहिर जबरजस्त रूपमा महानगरमा कार्यकारी जान नमानिरहेको भाष्य निर्माण गर्न खोजिएको छ। य

ताजा समाचार

सम्बन्धित समाचार