सरक्षणमा मिडिया भूमिका कार्यशाला गोष्ठी

Published by:

Published on:

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सरक्षणमा मिडियाको भूमिका सम्बन्धी एक दिने कार्यशाला गोष्ठी गरेको छ ।

शुक्रबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जेडएसएल नेपालसंगको सहकार्यमा सरक्षणमा मिडियाको भूमिका सम्बन्धी एक दिने कार्यशाला गोष्ठी गरेको हो ।

सरक्षणका क्षेत्रमा कार्यरत अधिकारीहरुले वन, पर्यावरण एव बन्यजन्तु सरक्षणमा संचारजगतको महत्वपूर्ण भूमिका रहेको औल्याएका छन ।

कार्यपत्र प्रस्तुत गर्दै जेडएसएल नेपालका कार्यक्रम संयोजक सन्तोष पौडेलले सरक्षणका कार्यक्रम बारे जानकारी गराउँदै सरक्षणमा संचारकर्मीले समेत भूमिका निर्वाहमा जोडदिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी पुरुषोत्तम बाग्लेले निकुञ्जदेखिका वन, पर्यावरण, बन्यजन्तु सरक्षणका लागि महत्वपूर्ण भूमिका हुने बताए। निकुञ्जमा जैविक विविधता रहेको बताए ।

सरक्षणका क्षेत्रमा कार्यरत पत्रकार लक्ष्मी प्रशाद उपाध्यायले वन, पर्यावरण एव बन्यजन्तु सरक्षणका लागि संचारकर्मी सजक सचेत हुनुपर्ने बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत मनोज शाहले निकुञ्जमा थुप्रै सरक्षणका कार्यक्रम भएकाले यसको समेत उजागर आवश्यक रहेको औल्याए ।

कार्यक्रममा पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकाया सहितका विभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार