गुडिरहेको अटोबाट खस्दा युवकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरमा गुडिरहेको अटोबाट खसेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका निराजन ठगुन्ना रहेका छन्।

गम्भीर घाइते भएका ठगुन्नालाई उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ।

अटो चालक जयदेव ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार