महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका विद्यार्थीका नेताबीच कुटाकुट भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालयमा आइतबार विद्यार्थीहरुको छलफलमा कुटाकुट भएको छ । विद्यार्थी नेताहरुबीच कुटाकुट भएको भिडियो बाहिरिएको छ ।
बैठकमा सहभागीहरुका अनुसार माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका सुदूरपश्चिम इन्चार्ज रामचन्द्र भट्टसित छलफल सुरु हुने बित्तिक्कै विवाद भएकोे थियो । विवाद मिलाउने क्रममा अचानक कुटकुटसम्म पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता सागर बोहराले भूवन विष्ट र रामचन्द्र भट्ट घाइते भएका बताएका छन्। भूवन विष्टको महाकाली प्रादेशिक कार्यालय, महेन्द्रनगर र रामचन्द्र भट्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। भट्टको टाउकोमा सात वटा टाँका लागेका छन् ।
कञ्चनपुर प्रहरीले माओवादी नेताहरूको बिचमा आन्तरिक विवादले झगडाको रूप लिएको बताएको छ। तर, प्रहरीले सामान्य विवाद भएको बताएको छ।
