लैङ्गिक हिन्सा न्युनिकरण गर्न निडसको महिला शसक्तिकरण परियोजना

Published by:

Published on:

महेन्द्रनगर । महिलामाथि हुने हरेकखाले लैङ्गिक हिन्सा न्युनिकरण गर्नका लागि निड्स नेपालले नयाँ कार्यक्रम ल्याएको छ । निड्स नेपालले लैङ्गिक हिन्सा न्युनिकरण गर्नका लागि ‘महिला शसक्तिकरण परियोजना कार्यक्रम संचालनमा ल्याएको हो । सोमबार महेन्द्रनगरमा परियोजना बारे लैङ्गिक हिन्सा न्यूनिकरणका क्षेत्रमा काम गर्ने स्थानीय सरोकारवाला समाजिक संघ संस्थासंग छलफल गरेको छ ।

आगामी डिसेम्बर ०२७सम्म संचालन हुने उक्त कार्यक्रम थप प्रभावकारी बनाउनका लागि सरोकारवालासग छलफल गरेर सुझाव संकलन गरेको सोही सुझावका आधारमा भावि दिनमा लैङ्गिक हिन्सा न्यूनिकरण गर्न कार्यक्रम बनाउनेमा जनाईएको छ ।

निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले समाजमा व्यप्त महिला हिन्सा न्यूनिकरण गर्नका लागि महिलाको आर्थिक, समाजिक, साँस्कृतिक एव राजनीतिक रुपमा क्षमता अभिबृद्धिमा जोडदिएका छन । कार्यकारी निर्देशक रेग्मीले यस बर्ष हिन्सामा परेका महिलालाई आत्मनिर्भर बनाउनका लागि आर्थिक प्याकेजका कार्यक्रम दिईने बताए । ‘आगामी थप दुई बर्षमा हामीले महिला हिन्सा रोकथामका लागि के के कार्यक्रम कसरी गर्न सकिन्छ, भन्ने बारेमा सरोकारवालासंग छलफल गरेर सुुझाव संकलन गरेका छौँ, ‘हिन्सामा परेका महिलाको उद्दारदेखि पुर्नस्थापनाका लागि थप कार्यक्रम साझेदारीका रुपमा अघि बढाउन सकिन्छ ।’

कार्यक्रममा लैङ्गिक हिन्साका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले हिन्सा न्यूनिकरणका लागि साझेदारी, समन्वय आवश्यक रहेकोे औल्याएका छन । साथी संस्था कञ्चनपुरकी संयोजक उर्मिला शाहीले हिन्सा पीडित महिलालाई थप आत्मनिर्भर बनाउनका लागि साथीसंगै निड्स नेपालले समेत उक्त कार्यक्रम साझेदारीमा जोडदिईन । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्रकी अध्यक्ष सिता बोहराले समेत हिन्सा उन्मुलनका लागि सबै संघ संस्थाहरु एकजुट भएर अघि बढ्नुपर्ने सुझाव दिईन । महाकाली प्रादेशिक अस्पतालकी नर्सिङ्ग अधिकृत भावना शर्माले हिन्सापीडित महिलाको निःशुल्क उपचार दिने कार्यक्रम भईरहेको बताउँदै, निड्सबाट त्यस्ता हिन्सामा परेका महिलाको उत्थानका लागि आर्थिक सहयोगका कार्यक्रममा जोडदिईन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले महिला हिन्सा न्युनिकरणका लागि मानसिक सचेतना आवश्यक रहेको औल्याएका छन । प्रजिअ ढकालले छाउगोठसंगै कुरुती हटाउनका लागि समाजिक सचेतना अभिबृद्धिका लागि समाजिक संघ संस्थाहरुलाई आग्रह गरेका छन । कार्यक्रमको अध्यक्षता ग्रहण गरेकी निड्स नेपालकी अध्यक्ष दुर्गा खरेलले हिन्सा न्यूनिकरण गर्नका लागि सबै सरोकारवाला समन्वय सहकार्य हुनुपर्नेमा जोडदिईन ।

निड्स नेपाल महिला शसक्तिकरण परियोजना कार्यक्रम अधिकृत पुष्पा जोशीले कार्यपत्र प्रस्तुत गर्दै विपद प्रभावित क्षेत्रका महिलाको समेत शसक्तिकरणका लागि कार्यक्रम संचालनमा जोडदिईन । महिला शसक्तिकरण परियोजनाका कृषि अधिकृत हेमन्त महराले संचालन गरेको कार्यक्रममा सरोकारवालाकोे सहभागिता रहेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार