महेन्द्रनगर । कञ्चनपुरको पश्चिमी सीमा गडचौकीमा अटो व्यावसायीहरुले मनोमानी ढंगले भाडाँ असुल्न थालेपछी ट्राफिक प्रहरी कार्यालय कञ्चनपुर एक्सनमा उत्रिएको छ ।
भारतका विभिन्न शहरबाट मजदुरी गरेर नेपाल फर्केने तथा नेपालको सुदुरपश्चिम लगाएका विभिन्न ठाउँबाट रोजगारीका लागि भारत पलायन हुने नेपालीहरुबाट अटो व्यावसायीहरुले मनोमानी ढंगले भाडाँ असुल्ने गरेको भेटिएपछी जिल्ला ट्राफिक कार्यालय कञ्चनपुर एक्सनमा उत्रिएको हो ।
मंगलबार बिहान गड्डाचौकीमा खटिएको प्रहरी सहायक निरिक्षक राम दत्त भट्र प्रहरी हवल्दार बसन्ती कुमाल क्षेत्री लगाएतको टोलीले सीमानाकामा छड्के अनुगमन गर्दा बाट मनोमानी ढंगले भाडाँ असुली गर्ने दश जना अटो व्यावसायीहरुलाई जरिवाना सहित कारबाही गरेको जिल्ला ट्राफिक कार्यालयका नवनियुक्त कार्यालय प्रमुख –प्रनी) बलेन्द्र नाथले बताए ।
नाथका अनुसार यात्रुहरुबाट मनोमानी ढंगले भाँडा असुली गर्ने दश जना र एक जना अनुमती पत्र लाईसेन्स नभएको अटो व्यावसायी गरि ११जना अटो व्यावसायीहरुलाई जरिवाना सहित कारबाही गरेको प्रमूखको भनाई रहेको छ ।आगामी दिनमा नियम विपरित भाँडा असुली गरेको भेटियो या फेला परे अटो समेत जफत गर्ने ट्राफिक प्रहरीको भनाई रहेको छ ।


