युवाहरुलाई आत्मनिर्भर बन्न सिकाउँदै सशस्त्र प्रहरी

Published by:

Published on:

महेन्द्रनगर । सशस्त्र प्रहरीले भारतसंग सीमा जोडीएका सीमाबासी युवाहरुलाई आत्मनीर्भर बनाउन २१ दिने केश कर्तक तालिमको आयोजना गरेको छ ।

स.प्र.बल नेपाल नं ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरले सीमाबासी संग सशस्त्र प्रहरी कार्यक्रम अन्र्तगत सीमाबासी लक्षित स्वरोजगार,आत्र्मनीर्भर मूलक २१ दिने केश कर्तक तालिम दिने भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ शैलेश्री गण कञ्चनपुरका गणपती सशस्त्र प्रहरी उपरिक्षक लोकेन्द्र देव भट्टले बताएका छन् ।

सशस्त्र प्रहरी उपरिक्षक भट्टले पछिल्लो समय भारतसंग खुल्ला सीमानाका कारण युवाहरु लागूऔषध प्रयोगकर्ता,पेसेवरको कूलतमा फस्दै गईरहेको हुँदा गलत बाटो जानबाट जोगाउन र युवाहरुलाई आत्मनीर्भर बनाउन सीमाबासी युवाहरुलाई केश कर्तक तालीम दिन थालेको बताए ।

तालीममा १५ जना युवाहरुको सहभागीता रहेको उक्त तालीम संचालनको लागि दुई जना दक्ष प्रशिक्षक समेत खटाएका भट्टको भनाई रहेको छ ।कार्यक्रमका प्रमुख अथिती पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रशाद शर्मा थिए भने , प्रहरी सीमा।सुरक्षा।गुल्म बेलौरीका गुल्मपति तथा बि।ओ।पि। पति लगाएको उपस्थिती रहेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार