महेन्द्रनगर फागुन ७ । कञ्चनपुरको लिटिलबुद्ध एकेडेमीले विद्यालयको १९ औ बार्र्षिकोत्सव तथा अभिभावक भेला भब्यताका साथ सम्पन्न गरेको छ ।
विद्यालले बिहिबार १९ औ बार्र्षिकोउत्सव तथा अभिभावक भेला सम्पन्न गरेको हो। विद्यालयले बार्र्षिकोत्सवको अवसर पारेर जिल्ला बाहिर र जिल्ला भित्र रहेका बाल अनाथालय तथा वृद्धआश्रमहरुलाई सामाजिक दायीत्व अन्तर्रगत आर्थीक सहयोग गरेको छ ।
विद्यालयले कैलालीमा रहेको नेपाल मानवसेवा आश्रम लाई रु २५ हजार,भीमदत्त नगरपालिका महेन्द्रनगरमा रहेको महाकाली अञ्चल बालअनाथालयलाई २५ हजार,कञ्चनपुरको रौटेला वृद्धआश्रमलाई २५ हजार र जिल्लाको भीमदत्त ५ बनखेतमा रहेको वृद्धआश्रमलाई २५ हजार चेक सहित १ लाख रुपैया सामाजिक कार्यमा सहयोग गरेको लिटिलबुद्ध एकेडेमीका प्रधानाध्ययापक श्याम शिंह मौनीले बताउनु भयो ।
