धनन्जय अवस्थी
कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र २मा नेपाल कम्युनिष्ट पाटी(नेकपा) युवा उम्मेदवार माधव प्रशाद पन्तप्रति जनसर्मथन जुटिरहेको छ । आशन्न २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचन नेपाल कम्युनिष्ट पाटी(नेकपा) युवा उम्मेदवार माधव प्रशाद पन्तप्रति जनसर्मथन जुटिरहेको हो । पुर्व विद्यार्थी नेता माधव प्रशाद पन्त घरदैलो अभियानमा जुटेका छन ।
विद्यावारिधी(पिएचडीधारी) पुर्व विद्यार्थी नेता पन्तप्रति जनताको घरदैलो, जहाँ जादा समेत सर्मथन बढिरहेको छ । त्रिभुवन विश्वविद्यालयबाट कूटनीतिक इतिहासमा विद्यावारिधि (पीएच.डी.) अध्ययनरत छन्। उनले अंग्रेजी विषयमा एमफिल, राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुन विषयमा एल.एल.बी. उपाधि हासिल गरेका छन ।
२४ बर्षदेखि राजनीतिमा सकृय पन्त ०७९मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा शुक्लाफाँटा नगरको उपमेयरमा चुनाव लडेका थिए । ०५९ मा कक्षा १० मा अध्ययनरत रहँदा कृष्ण माध्यमिक विद्यालयबाट अनेरास्ववियू प्रारम्भिक कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै राजनीतिक यात्रा सुरु गरेका पन्तले ०६२ मा सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियू उपसभापति निर्वाचित भए ०६४ मा स्ववियू सभापतिका उम्मेदवार बने।
त्यसपछि ०६५ मा अनेरास्ववियू जिल्ला अध्यक्ष (कञ्चनपुर), त्रिभुवन विश्वविद्यालयमा अनेरास्ववियूको नेतृत्व तथा अनेरास्ववियू केन्द्रीय कमिटी उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गर्दै उनी निरन्तर विद्यार्थी र जनआन्दोलनमा सक्रिय रहँदै आएका छन्।
राष्ट्रिय अन्तरराष्ट्रीय विश्वविद्यालयमा सम्वन्ध र विदेश नितिका गेष्ट लेक्चरर पन्त दर्जनौ युथ नेटवर्क र राजनितिक एवं शैक्षिक अन्तराष्टिय संगठनको नेतृत्वदायी भुमिका निर्वाह गर्दै गरेका पन्त अन्तराष्ट्रीय राजनितिका जानकार, अध्ययनशील एवं शालीन युवा राजनीतिज्ञको छवि वनाएका युवाहरूको मन पर्ने यवा नेतृत्वको रूपमा उदाएका सुदुरका सम्भावना हुन ।
पन्त उर्जाशील, अध्ययनशील र अनुभवी युवा नेता हुन्। शुक्लाफाँटा नगरपालिका–५, कञ्चनपुर स्थायी ठेगाना भएका ३८ वर्षीय युवा आन्दोलन, राजनीतिक शिक्षा, विज्ञान–प्रविधि, मानवअधिकार, लोकतन्त्र, सामाजिक न्याय, भू–राजनीति, विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय राजनीतिक शिक्षासम्बन्धी दर्जनौँ गोष्ठी, सेमिनार तथा सम्मेलनमा सहभागी हुँदै उनले संयुक्त राज्य अमेरिका, चीन, भारत, रुस, ब्राजिल, कोलम्बिया, क्युबा, भेनेजुएला, दक्षिण अफ्रिका, लेबनान, अजरबैजान, टर्की, संयुक्त अरब इमिरेट्स, कतारलगायत विभिन्न देशहरूको अनुभव संकलन गरेका छन् ।
नेपाली कम्युनिष्ट पाटीका नेता महेश दत्त जोशीले क्षेत्र २मा उम्मेदवार, नेता कार्यकर्ताहरु सहित चुनावी प्रचारप्रसारमा जुटेको बताए । उनका अनुसार क्षेत्रीय समिति पुर्व सांसद देवीलाल चौधरीको संयोजकत्वमा विस्तार गरिएको छ । बेदकोटमा मिनराज गिरी, शुक्लाफाँटामा महेशदत्त जोशी, कृष्णपुरमा अमिन दहितलाई पालिका स्तरमा जिम्मेबारीदेखि क्षेत्रकै ३०वटै वडाहरुमा प्रचारप्रसार समिति गठन गरेर चुनावी मैदानमा होमिएको बताए ।
‘हामी एजेण्डा, उम्मेदवार सहित जनताको घरदैलोमा पुगिरहेका छौँ, ‘हाम्रो उम्मेदारबा बिद्धानदेखि सबैभन्दा बढी पढेलेखेको छन, ‘उनले भने, ‘जनताको घरदैलो पुगेर मत माग्ने काम निरन्तर जारीछ, जनताबाट समेत राम्रो प्रतिकृया आएैको छ ।’ निर्वाचन आयोगले तथ्याङ्क अनुसार क्षेत्र २बाट १९उम्मेदवार मध्ये पन्त सबैभन्दा बढी पढेका उम्मेदवार हुन ।
३० वडा रहेको क्षेत्र २मा १तेस्रंो लिङ्ग सहित ५३ हजार ४४५पुरुष, ५६ हजार, १२८ पुरुष गरेर १लाख, ९ हजार ५७४मतदाता रहेका छन । ४२मतदान स्थलमा १२३मतदान केन्द्र रहेका छन । यस क्षेत्रबाट ०४८मा काँग्रेसका बासुदेव भट्ट, ०५१मा एमालेका भोजराज जोशी, ०५६, ०७०, ०७९ मा काँग्रेसका एनपी साउद, ०६४मा माओवादीका देवीलाल चौधरी,०७४मा एमालेका नर बहादुर धामी निर्वाचित भएका छन ।
