परराष्ट्र मन्त्रा परराष्ट्रमन्त्री भन्यो‘मध्यपूर्वमा रहेका १७ लाख बढी नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा

Published by:

Published on:

काठमाडौँ फागुन १८ । परराष्ट्र मन्त्रालयले हाल मध्यपूर्वमा करिब १७ लाख २९ हजार २८८ नेपाली रहेको जानकारी दिँदै उनीहरूको सुरक्षा सुनिश्चित गर्न उच्च प्राथमिकता दिइएको बताएको छ।

शनिबारबाट सुरु भएको अमेरिकासँग इजरायल र इरानबीचको द्वन्द्वले मध्यपूर्वका विभिन्न देशहरूमा असुरक्षाको अवस्था सिर्जना गरेपछि मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्ने उपायहरू अघि बढाइरहेको जानकारी गराएको हो।

मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा बताए, “मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ र यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेका छन्।”

इरानले इजरायलमा आक्रमण गर्नासाथै कुवेत, युनाइटेड अरब इमिरेट्स, साउदी अरब, बहराइन, ओमान, कतारलगायत देशमा रहेका अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेपछि ती क्षेत्रका नेपाली नागरिकको सुरक्षामा सरकारको ध्यान बढेको हो।

महाशाखा प्रमुख खड्काका अनुसार, इरानमा रहेका १० नेपालीमध्ये ४ जना स्वदेश फर्किसकेका छन् भने ६ जना त्यहाँ रहनुहुन्छ। अन्य देशहरूमा नेपालीहरूको संख्या यसप्रकार छस् इजरायल करिब ६ हजार ५००, इजिप्ट ५००, ओमान २५ हजार, कतार ३ लाख ५७ हजार ९१३, कुवेत १ लाख ७५ हजार, बहराइन २८ हजार, साउदी अरब ३ लाख ८४ हजार ८६५, युएई लगभग ७ लाख, लेबनान १ हजार ५००, इराक ३० हजार र साइप्रसमा १७ हजार।

परराष्ट्र मन्त्रालयले ती सबै नेपाली नागरिकको सुरक्षा, आवश्यक परामर्श र तत्काल सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार