ढुवानी खर्च बढेको भन्दै व्यवसायीले बढाए खाना पकाउने ग्यासको मूल्य

Published by:

Published on:

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार प्रतिसिलिण्डर १०५ रुपैयाँ ३८ पैसा बढेसँगै काठमाडौं उपत्यकामा अब खाना पकाउने ग्यासको मूल्य २ हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको छ ।

पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो गएपछि वैकल्पिक मार्गबाट एलपी ग्यास ढुवानी गर्दा खर्च बढेको भन्दै व्यवसायीहरूले काठमाडौं उपत्यकामा प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसासम्म मूल्य कायम गर्न आग्रह गरेका छन्।

नेपाल आयल निगम र ग्यास उद्योग संघले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धादिङका उद्योगबाट ग्यास ल्याएर आपूर्ति सहज बनाउन तथा नयाँ सिलिन्डरको बजारीकरण नगर्न व्यवसायीलाई अनुरोध गरेका छन्।

काठमाडौं — पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो गएपछि वैकल्पिक मार्ग प्रयोग गरी ढुवानी गर्दा खर्च बढेको भन्दै व्यवसायीहरूले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास ९एलपी ग्यासको मूल्य बढाएका छन् । नेपाल एलपी ग्यास उद्योग संघको बिहीबार सम्पन्न वार्षिक साधारण सभाले उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई नेपाल आयल निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा वैकल्पिक ढुवानीबापतको थप १०५ रुपैयाँ ३८ पैसा जोडेर २ हजार १६५ रुपैयाँ ३८ पैसाभन्दा बढी नहुने गरी बिक्री(वितरण गर्न आग्रह गरेको हो ।

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ( नेपाल आयल निगमले यसअघि गरेको निर्णयअनुसार हेटौंडाको सहारा ग्यास उद्योगबाट काठमाडौंसम्म वैकल्पिक मार्ग प्रयोग गरी ग्यास ल्याउँदा थप हुने ढुवानी भाडा प्रतिसिलिन्डर ९३ रुपैयाँ २६ पैसा र करसहित १०५ रुपैयाँ ३८ पैसा कायम गरिएको छ। उपत्यकामा रहेका ग्यास उद्योगहरूले हेटौंडामा रहेका उद्योगबाट रिफिल गरी सिलिन्डर ल्यायाउने गरेका छन् ।

संघले विपद्का कारण उत्पन्न असहज परिस्थितिमा ग्यास उद्योगी तथा बिक्रेताहरूलाई नयाँ सिलिन्डरको बजारीकरण नगरी आपूर्ति व्यवस्थालाई सहज बनाउन सहयोग गर्न आग्रह पनि गरेको छ । संघका अध्यक्ष दिवान चन्दले असहज परिस्थितिमा उपभोक्तालाई ग्यासको अभाव हुन नदिन उद्योगी तथा बिक्रेतालाई वैकल्पिक व्यवस्थामार्फत आपूर्ति निरन्तर राख्न अनुरोध गरेका छन् ।

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा सडक कटान भएर यातायात अवरुद्ध भएपछि उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित भएको छ। समस्या समाधानका लागि निगम र संघबीच भएको बैठकले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धादिङमा रहेका ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरी ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौं उपत्यकामा ल्याउने निर्णय गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार