महेन्द्रनगर २८३ असोज ५ । महाकाली यातायात बहुृउदेश्यीय कम्पनी कञ्चनपुरको अध्यक्षमा नविन भट्ट विजयी भएका छन् ।
शोमबार सम्पन्न भएको महाकाली यातायात बहुृउदेश्यीय कम्पनी कञ्चनपुरको निर्वाचन बाट उनका प्रतिद्धन्द्धी बिष्णु कडेललाई ५ मतले पछारी पार्दैै नविन भट्ट विजयी भएका हुन।निर्वाचनमा उनका प्रतिद्धन्द्धी विष्णु कडेलले १ सय ७० मत ल्याएका थिए भने भट्टले १ सय ७५ मत ल्याएर बिजयी भएका थिए ।
त्यस्तै संचालक समितिको सदस्यमा धिरेन्द्र चन्द,खगेन्द्र भट्ट,पुष्कर राज जोशी,रमेश थापा,पदम शिंह भाट,देवराज जोशी, आनन्द राज जोशी,भवानी शिंह रावल,दिपक केसी बलराम पन्त विजयी भएका छन् ।



