२०८३ असोज २० महेन्द्रनगर । काँग्रेस संस्थापन इतर समूहको १५ औं महाधिवेशन अन्र्तगत मंगलबार कञ्चनपुरका आधा दर्जन स्थानीय तहमा काँग्रेस पालिका अधिवेशन सकिएको छ । ती सबै पालिकामा सर्वसम्मत समिति चयन गरिएको छ ।
भीमदत्त नगरपालिकामा उम्मेदवारी दर्ता भएको छ । बेदकोट नगरपालिकामा भोजराज भट्ट नगर सभापति भएका छन् । भट्ट यस अघि नगर उप सभापति थिए ।
शुक्लाफाँटा नगर सभापति दान सिंह ऐर सभापतिमा दोहोरिएका छन् । उनी १४ आंै महाधिवेशनमा नगर सभापति भएका थिए ।
मष्चनजबथष् अष्लिष्अ
कृष्णपुरमा कैलाश बलायर नगर सभापति भएका छन् । बलायर कृष्णपुर ९ का वडा अध्यक्ष पनि हुन् ।
भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुरमा काँग्रेस नेता एनपी साउँदले अधिवेशन उद्घाटन गरेका थिए ।
पुनर्वास नगर सभापति दिलु बोहरा भएका छन् । यसैगरी बेलडाँडीमा नरेश धामी गाउँपालिका सभापति भएका छन् ।
दोधारा चाँदनी नगर सभापति राजेन्द्र मल्ल दोहोरिएका छन् ।
काँग्रेस कञ्चनपुरका सचिव भीम भट्टले सबै पालिकामा सर्वसम्मत भएको बताए । लालझाडी गाउँपालिकामा बुधबार अधिवेशन राखिएको छ ।



