महेन्द्रनगर असोज २१ । नेपाल औषधी व्यावसायी संघ सुदुरपश्चिम प्रदेश समितिले नेपाल औषधी व्यावसायी संघ जिल्ला शाखा बाकेका सदस्य कोहलपुरमा रहेको थापा पोलिक्लिनिकमा असोज १७ गते उपचारको क्रममा घटेको घटना प्रति नेपाल औषधी व्यावसायी संघ सुदुरपश्चिमसरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
घटनाको समबन्धमा बिभिन्न पक्षबाट फरक –फरक दाबि सार्बजनिक भएकाले कुनै एकपक्षीय आरोप वा सामाजिक संजालमा सामाग्रीका आधारमा निकर्षमा पुग्न उचित नभएको घटनाको सत्य तथ्य निश्पक्ष छानबि गरि दोषी देखिएमा प्रचलित कानून बमोजिम कारवाहिको माग समेत अगाडि सारेको छ ।
स्वास्थ्यकर्मी तथा औसधी व्यावसायीबाट कानून बमोजिम आफ्नो कर्तव्य पुरा गर्दा स्वास्थ्य संघ संस्था तथा स्वास्थ्यकर्मी माथि गालिगलौज,हातपात,धम्की,अभद्र व्यावहार वा कार्यस्थलमा हस्तक्षेप गर्ने कार्य कुनै अवस्थामा स्वीकार्य हुनसक्दैन पे्रस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
औषधी व्यावसायी संघले सम्बन्धीत प्रशासन प्रहरी नियामक निकाय समक्ष घटनाको निष्पक्ष स्वतन्त्र तथा सिघ्र छानबिन गरि सत्यतथ्य छानबिन गर्न र दोषी देखिएमा मात्र जुनसुकै पक्षलाई कानून बमोजिम कारवाहि गर्ने जोडदार माग गरेको छ । साथै छानविनको निष्कर्ष नआउदा सम्म अपुष्ट तथा एकपक्षीय सूचना सम्पे्रषण नगर्न आग्रह गरेको छ । स्वास्थ्यकर्मी तथा औषधी व्यावसायीको पेशागत मर्यादा,सम्मानर सुरक्षाप्रती नेपाल औषधि व्यावसायीसंघ सुदुरपश्चिम प्रदेश सदैव प्रतिवद्ध रहेको पे्रस विज्ञप्तिमा उल्लेख गरिएको छ ।



