महेन्द्रनगर २०८३ कार्तीक । कञ्चनपुरमा १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–१ का २१ वर्षीय विशाल सुनार, १९ वर्षीय सुबास बलायर र २१ वर्षीय प्रकाश बलायर छन् ।
बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
तीन जनालाई हिरासतमा लिएर अनुसन्धान सुरु भएको छ ।



