महेन्द्रनगर । भीमदत्त नगरपालिकाले समुदाय स्तरिय विपद् व्यावस्थापन समिति कार्र्यसञ्चालन कायविधि मस्यौदा माथि छलफ गरेको छ। निड्स नेपाल र अक्सफाम नेपालको प्राविधिक सहयोगमा पालिकाले बुधवार समुदाय स्तरिय विपद् व्यावस्थापन समिति कार्र्यसञ्चालन कायविधि मस्यौदा माथि छलफ गरेको हो ।
विपद्को उच्च जोखिममा रहेको भीमदत्त नगरपालिकामा उपलब्ध स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गरी विपद् जोखिम न्युनिकरण र व्यावस्थापन कार्यमा स्थानीय समुदायलाई व्यावस्थित र प्रभावकारी रुपमा परिचालनका लागि कानुन बनाउन वान्छनीय भएकोले नगरपालिकाको विपद् जोखिम न्युनिकरण तथा व्यावस्थापन समिति कार्यसञ्चालन कार्यविधि मस्यौदामाथी छलफल गरेको हो ।
पालिकाले सामुदायीक विपद् व्यावस्थापन तथा जलवायु उत्थानसिल समिति गठन तथा परिचालन कार्यविधि २०८१ स्थानीय राजपत्रमा प्रकासित गर्ने छ ।छलफलमा बोल्दै भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखक जोशीले विपद् व्यावस्थापनका लागि अब बन्ने कार्यविधि विपद्मा समुदायलाई व्यवस्थित र प्रभाकारी रुपमा काम गर्ने, कार्यविधिलाई दिगो रुपमा संचालन गर्ने, र संस्थागत गर्नेमा सबैले जोड दिनुपर्ने बताईन । भीमदत्त नगरपालिका अन्र्तरगत पर्ने विपद्को उच्च वोखिममा रहेका ८ वटा वडामा १७ वटा समुदाय विपद् व्यावस्थापन समिति गठन भएका छन् ।
अ