महेन्दनगर । ‘रेडअलर्ट’ जारी सुदूरपश्चिमका २ जिल्लामा २ दिन रात्रि बस चलाउन रोक लगाइएको छ।
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रेडअलर्ट जारी गरिएको छ। कैलाली, डोटी र अछाममा रेडअलर्ट जारी गरिएको हो। शुक्रबार सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षाको चेतावनी दिइएको छ। केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रातको समयमा यात्रा गर्दा बाढीपहिरोको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम रहेका जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस चलाउन रोक लगाउने निर्णय गरेको हो। मौसम पूर्वानुमान महाशाखाले यसअघि विशेष बुलेटिन जारी गर्दै आइतबारसम्म भीषण वर्षाको चेतावनी दिइसकेको छ भने कैलाली, डोटी र अछाममा रेडअलर्ट जारी गरेको छ।
