नेपाली सेनाको श्रीदल गुल्मद्वारा आगलागि सम्बन्धी नमुना अभ्यास ।।

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुर स्थित नेपाली सेनाको श्रीदल गुल्मले आगलागि सम्बन्धी नमुना अभ्यास तथा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी तालिम कार्यक्रम गरेको छ ।

श्रीदल गुल्म भगतपुर ब्यारेकबाट बिहीबार बेलडाँडी गाउँपालिका वडा नम्बर २ स्थित सिंहपाल आधारभूत विद्यालयको प्राङ्गणमा आगलागि हुँदा कसरी आगो नियन्त्रण गर्ने, कसरी उद्धार गर्ने र घाइतेहरूको कसरी प्राथमिक उपचार गर्ने लगायतका नमुना अभ्यास गरिएका हुन् ।

साथै उक्त कार्यक्रममा श्रीदल गुल्मका गुल्मपति सेनानी उत्तम खड्काले विपद् व्यवस्थापनमा नेपाली सेनाको भूमिका र श्रीदल गुल्मले जिम्मेवारी क्षेत्र कञ्चनपुर जिल्लामा विपद् सम्बन्धी गरेका कार्यहरूका बारेमा प्रस्तुतीकरण दिनु भएको थियो ।

कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले आगलागि एक्कासि हुने भएकोले सुरक्षा निकाय वा प्रशासनलाई समयमै जानकारी गराउन सकेमा ठुलो क्षति हुनबाट बचाउन सकिने सम्भावना बढी रहने बताउनु भयो ।

उक्त कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, बेलडाँडी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष नारद उर्याल र बेलडाँडी ५ का वडाध्यक्ष इन्द्र बहादुर खड्का, पत्रकार, शिक्षक, सरकारी कर्मचारी, सुरक्षाकर्मी, स्थानीयवासी, विद्यार्थी समेत गरी करिब दुई सय जनाको उपस्थिति रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार