काठमाडौंबाट सिन्धुली जाँदै गरेको बस रामेछाप दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते

Published by:

Published on:

काठमाडौंबाट सिन्धुलीका लागि छुटेको यात्रुवाहक बस रामेछाप दुर्घटना भएको छ । सिन्धुली जिल्ला अमारे भन्ने ठाउँका लागि छुटेको बस साँझ बेलुका ६ बजे रामेछापको खाँडादेवी गाउँपालिका ३ भिरपानीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार प्र ३–०१–००५ ख ९५७९ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका ६ कि १७ बर्षीया युनिसा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । दुर्घटना परि घाइते श्रेष्ठलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते हुनेमा सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका वडा नं। ०६ अमारे बस्ने वर्ष अन्दाजी २७र२८ की शोभा थापा, सुनकोसी गाउँपालिका वडा नं। ५ बस्ने वर्ष २० की मनीषा रम्तेल, सोही स्थानकी १९ वर्षीय आयुस्मा श्रेष्ठ, वर्ष २६ की सरिता चौलागाई, वर्ष १७ की सविता न्यौपाने, वर्ष २७ की इन्दिरा रिमाल, वर्ष १७ की सावित्री न्यौपाने, वर्ष १९ की उमा न्यौपाने, वर्ष १३ की आकृति बयलकोटी, वर्ष २० की मनीषा रम्तेल, वर्ष ७ कि प्रीति रिमाल र वर्ष ३२ की मनिकला ढकाल रहेका छन् ।

उनीहरूको उपचारका लागि सिन्धुलीका विभिन्न अस्पतालमा पठाइएको छ भने अचानक ब्रेक फेल भएर बस दुर्घटना भएको रामेछाप प्रहरीले रामेछाप प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार