डडेल्धुराका बेपत्ता व्यवसायीको मोबाइल नदी किनारमा

Published by:

Published on:

महेन्द्रनगर । डडेल्धुरामा एक व्यवसायी बेपत्ता भएका छन्। सोमबार बिहानदेखि परशुराम नगरपालिका–५ परीगाउँका ५३ वर्षीय खेमसिंंह प्वाली बेपत्ता भएका हुन्।

बेपत्ता प्वालीको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ। खोजी गर्ने क्रममा बेपत्ता प्वालीले लगाएको कपडा र मोबाइल परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको इलाका प्रहरी कार्यालय जेगबुढाका इन्चार्ज सुरज रोकायाले बताए।

उनले महाकाली नदीमा हामफालेको आशंकामा सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर १५ जनाको टोली खटिएको उनले बताए।

ताजा समाचार

सम्बन्धित समाचार