महेन्द्रनगर । कञ्चनपुरको तत्तकालिन शुक्लाफाँटा बन्यजन्तु आरक्ष हाल, निकुञ्जबाट विस्थापित भएका पीडितहरुको समस्या समाधान अयोगको कार्यालय स्थापना गरिएको छ । बुधबार एक कार्यक्तमका विच शुक्लाफाँटा बन्यजन्तु आरक्ष हाल, निकुञ्जबाट विस्थापित भएका पीडितहरुको समस्या समाधान अयोगको कार्यालय स्थापना गरिएको हो ।
सरकारले निकुञ्ज विस्थापितहरुको समस्या समाधानका लागि गठन गरेको आयोगका अध्यक्ष जयानन्द पनेरुले औपचारिक रुपमा कार्यभार सम्हालेका छन । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सरक्षण अधिकृत मनोज ऐरले मझगाँउ स्थित निकुञ्जकै कार्यालयमा आयोगको कार्यालय खुलेको बताए । ‘आजैदेखि औपचारिक रुपमा कार्यालय खुलेको छ, ‘उनले भने, ‘आयोगका अध्यक्ष ज्यूदेखि निकुञ्जका प्रमुख सरक्षण अधिकृत ज्यू सदस्य सचिव रहने छन ।’
सदस्यहरुमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, नापी मालपोत, भूमि सुधार सहितका कार्यालय प्रमुख सदस्य रहनेछन । निकुञ्जबाट विस्थापित पीडितहरुको हालसम्म पुर्नस्थापना नहुँदा उनीहरु जंगलदेखि खोला नदी छेउछाउमा नरकीय जिवन विताउदै आएका छन ।
