भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा

Published by:

Published on:

काठमाडौँ । फ्रान्सको बोरगोइँ जालियूँमा छिमेकीले बान्टाम जातको भाले ‘रिको’को ठुलो स्वरमा बासेको भन्दै भालेका मालिकविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्।

भालेको बासेका कारण आफ्नो एकाग्रता बिग्रिएको, राम्रोसँग सुत्न नपाएको र कान दुख्ने समस्या भएको आरोप लगाउँदै छिमेकीले यो मुद्दा दर्ता गरेका हुन्। यस विषयमा आगामी जनवरीमा अदालतमा सुनुवाइ हुने तयारी छ।

रिकोका मालिक फ्रांकले भने छिमेकीको आरोपलाई अस्वीकार गर्दै, भालेको खोरमा अटोमेटिक प्रणाली जडान गरेको र खोरको ढोका जाडोमा बिहान साढे ८ बजे र गर्मीमा ९ बजे मात्रै खुल्ने बताएका छन्। उनले रिकोले बिहान करिब एक घण्टामा १५ पटक जति बास्ने र दिनमा केही पटक मात्र बास्ने गर्ने बताए।

करीब २५ वर्षअघि सहरबाट गाउँमा सरेका फ्रांक दम्पत्ती छिमेकीको यस्तो व्यवहारबाट चकित बनेका छन्। सुरुमा टाउन हलमार्फत सहमतिको प्रयास गरे पनि समाधान नभएपछि छिमेकीले मुद्दा दर्ता गरेका हुन्।

यता, मुद्दा हालेका छिमेकी सन् २०२१ मा गाउँमा सरेका हुन्। उनका अनुसार रिकोको बासेका कारण बगैँचामा आराम गर्नसमेत कठिनाइ भइरहेको छ र उनी यो समस्याको समाधान चाहन्छन्।

फ्रान्समा यस्ता मुद्दा गम्भीर रूपमा लिइन्छन्, र यो मुद्दा अदालतमा पुगेको तेस्रो उदाहरण हो। यसअघि पनि दुई अन्य भालेको बासेका सम्बन्धी विवादले कानुनी रूप लिएको थियो।

यद्यपि, रिकोको पक्षमा सामाजिक सञ्जालमा व्यापक समर्थन पाइरहेको छ। फेसबुकमा सुरु गरिएको पेजमा फलोअर्सहरूले रिकोलाई बासिरहन प्रेरित गरिरहेका छन्, भने भाले बासेको मन नपरेका व्यक्तिहरूलाई अन्यत्र सर्न सुझाव दिइरहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार