आफूमाथि गोली प्रहार हुँदा जोगाएका अंगरक्षकलाई ट्रम्पले बनाए सिक्रेट सर्भिस प्रमुख

Published by:

Published on:

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि गोली प्रहार हुँदा खटिएका सिक्रेट सर्भिस टोलीको प्रमुखलाई राष्ट्रपति, उपराष्ट्रपति, पूर्वराष्ट्रपति लगायत अरू विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सो संस्थाको प्रमुख बनाएका छन्।

रिपब्लिकन पार्टीबाट निर्वाचन लडेका ट्रम्पको चुनावी अभियानताका आफ्नो सुरक्षाका लागि खटिएका सिक्रेट सर्भिसको टोलीको नेतृत्व गर्ने सन करनलाई राष्ट्रपतिको कार्यभार सम्हालेपछि संस्थाको प्रमुख बनाएका हुन्।

ट्रम्पमाथि पेन्सिलभेनियाको बट्लरमा गत जुलाईमा चुनावी र्‍यालीको क्रममा गोली प्रहार हुँदा उनी ट्रम्पलाई छेक्न दौडेर गएका थिए।

ुसन महान देशभक्त हुन्। उनले मेरो परिवारलाई विगत केही वर्षदेखि सुरक्षा दिएका छन्। त्यसैले अमेरिकाको सिक्रेट सर्भिसका बहादुर महिला र पुरूषको नेतृत्व गर्नका लागि म उनलाई विश्वास गर्छु,ु ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ुआफ्नै ज्यान खतरामा पारेर आक्रमणकारीको गोलीबाट मेरो ज्यान जोगाउँदा उनले आफ्नो निडर साहस प्रमाणित गरिसकेका छन्।ु

ट्रम्पले जुलाईको सो घटना स्मरण गरेका छन्।

यसअघिका सिक्रेट सर्भिस प्रमुखका जस्तो करनको व्यवस्थापकीय अनुभव नभए पनि उनलाई सक्षम सिक्रेट सर्भिस एजेन्ट मानिन्छ भनेर द न्यु योर्क टाइम्सले उनीसँग काम गरेका पूर्वएजेन्टहरूलाई उद्धृत गर्दै लेखेको छ।

ीबहmष् दबलप
पेन्सिलभेनिया राज्यका २० वर्षीय थोमस म्याथ्यु क्रुकले ट्रम्पमाथि गोली चलाएका थिए। ट्रम्पले चुनावी सभालाई सम्बोधन गरिरहेको स्थलबाट ४ सय फिट उत्तरतर्फ रहेको सानो भवनको छतबाट उनले गोली चलाएका थिए।

ट्रम्पको दायाँ कानलाई छोएर एक गोली लागेको थियो। क्रुकले आठ गोली प्रहार गरे पनि करन लगायतका सिक्रेट सर्भिस एजेन्टले त्यसपछि उनलाई छेकेर जोगाएका थिए।

िसेप्टेम्बरमा फेरि ट्रम्पको हत्या प्रयास भएको थियो। फ्लोरिडाको आफ्नो गल्फ कोर्समा गल्फ खेलिरहेको समयमा उनीमाथि आक्रणमको प्रयास भएको थियो। उनी गल्फ खेल्ने क्रममा पुग्ने ठाउँमा ५८ वर्षीय र्‍यान वेस्ली रूथ बन्दुकको निशाना लगाएर कुरेर बसेका थिए। जुलाईमा भएको हत्या प्रयासपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो।

एक सिक्रेट सर्भिस एजेन्टले ट्रम्प खेल्दै अघि बढ्ने स्थान नियाल्दै जाँदा रूथको राइफलको नाल देखेका थिए। सिक्रेट सर्भिस एजेन्टले त्यसपछि गोली प्रहार गरेपछि भागेका रूथलाई पछि गिरफ्तार गरिएको थियो।

सिक्रेट सर्भिसको स्थापना सन् १८६५ मा अर्थ मन्त्रालयको अंगको रूपमा भएको थियो। सो संस्था त्यतिबेला नक्कली नोट, चोरी(पैठारी लगायत ठगीको नियन्त्रण गर्न खटिन्थ्यो।

रिपब्लिकन पार्टीबाट निर्वाचित तत्कालीन राष्ट्रपति विलियम म्याककिन्लीको १९०१ मा गोली हानी हत्या भएपछि यसले राष्ट्रपतिको सुरक्षाको जिम्मेवारी पायो। त्यसपछि थियोडोर रूजवेल्ट ९१९३३० जोन एफ केनेडी ९१९६३० र रोनाल्ड रेगन ९१९८१० सहित तीन बहालवाला राष्ट्रपतिमाथि गोली प्रहार भएको छ। त्यसमध्ये केनेडीको मृत्यु भएको थियो भने रूजवेल्ट र रेगन गम्भीर घाइते भएका थिए।

सन् १९७५ मा तत्कालीन राष्ट्रपति जेराल्ड फोर्डमाथि एक बन्दुकधारीले गोली प्रहार गर्दा गोली केही इन्च परबाट गएको थियो।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको

ताजा समाचार

सम्बन्धित समाचार