यूएसएआईडी कार्यक्रम रोकिँदा काठमाडौं उपत्यकामा मात्रै ४ सय घर खाली

Published by:

Published on:

काठमाडौं। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसएआईडी०का कार्यक्रम रोकिएसँगै काठमाडौं उपत्यकामा ४ सयभन्दा बढी घर खाली भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वैदेशिक सहायतामा रोक लगाउने निर्णय गरेसँगै यससँग सम्बन्धित कार्यक्रम धमाधम बन्द हुँदै गएका छन्। फलस्वरुप, यूएसएआईडीबाट सञ्चालित संस्थाहरु बन्द हुँदै जाँदा भाडामा रहेका घर खाली हुँदै गएका हुन्।

यूएसएआईडीका परियोजना रोकिएसँगै काठमाडौं उपत्यकामा भाडामा लगाइएका करिब ४ सय बढी घर खाली भएको यूएसएआईडी अन्तर्गतकै कार्यक्रममा काम गरिरहेको एक अधिकारीले जानकारी दिए।

‘यूएसएआईडीबाट सञ्चालित कार्यक्रम गर्ने संस्थाले घर भाडा लिएर आफ्नो कार्यालय राख्दै काम गर्दै आएका थिए। तर, कार्यक्रम रोकिसँगै त्यसबाट संस्था बाहिरिने क्रम बढ्दो छ,’ ती अधिकारीले भने, ‘काठमाडौं उपत्यकामा ४ सय र देशभर गरी करिब ८ सयभन्दा बढी भाडामा लगाइएका घर खाली भएको हाम्रो आँकलन छ।’

अमेरिकी सहायता रोकिँदाको प्रभावः दुई सयभन्दा बढी हवाई टिकट रद्द
अमेरिक राष्ट्रपतिले यो क्षेत्रको आर्थिक सहयोग रोक लगाउँदा यूएसएआईडीले सन् २०२२ मा नेपाल सरकारसँग गरेको ‘डेभलपमेन्ट अब्जेक्टिभ एग्रिमेन्ट’अन्तर्गतका यूएसएआईडी हेल्थ डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, यूएसएआईडी एग्रिकल्चर डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, यूएसएआईडी एजुकेशन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट र यूएसएआईडी इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्टका सबै सहायता रोकिएका छन्।

उल्लिखित चार क्षेत्र अनबजेटरअनट्रेजरीअन्तर्गतका हुन्, जसमा सीधै बजेट आउने गर्छ। यस वर्ष मात्रै उक्त चार क्षेत्रमा करिब २० मिलियन डलर आउँदै थियो। जनता प्रत्यक्ष लाभान्वित हुने शिक्षा, स्वास्थ्य तथा कृषि जस्ता क्षेत्रमा यसले बढी असर बनाएको छ। यी सहायताअन्तर्गत नेपालमा संस्था खोलेर कार्यक्रम सञ्चालन गर्ने संख्या उल्लेख्य छ।

यूएसएआईडीका कार्यक्रम रोकिँदा त्यसको असर नेपालको समग्र अर्थतन्त्रमा पर्दै जाँदा कम्तिमा करिब १० हजार बढीको रोजगारी स्टप वर्क स्थितिमा छ। ती मानिसले काम गर्ने कार्यालय खाली हुँदै गएका छन्। एउटै परियोजनाले धेरै घर भाडा लिएर कार्यालय सञ्चालन गरे पनि बन्द हुँदा त्यसको असर भाडामा लगाइएका घरमा पनि देखिएको हो।

अमेरिकी सहायता रोकिँदाको साइड इफेक्टः १० हजार बेरोजगार बन्ने खतरा, बिग्रियो ‘फाइनान्सियल प्लानिङ’
यद्यपि, अहिलेसम्म अधिकांश परियोजना पर्ख र हेरको स्थितिमा रहेको छ। यदि, यूएसएआईडीका सबै कार्यक्रम रोक लगाएमा रोजगारी गुम्ने र घरभाडा खाली हुने संख्या थप बढेर जाने देखिएको छ।

‘हालसम्म कतिपय परियोजना र कार्यक्रम पर्ख र हेरको स्थितिमा छ। यदि, हालको निर्णय यथावत् रहेमा थप धेरै संस्थाले घरभाडामा लिइएका घर छाड्दै जाने छन्,’ ती अधिकारीले भने। यो स्थितिले यूएसएआईडी कार्यक्रम स्थगनको असर नेपाली समग्र अर्थतन्त्रमा पर्ने देखिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार