महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोकटीद्वारा नेपाल प्रेस युनियन कञ्चनपुर कार्यसमितिलाई परिचयपत्र वितरण गरेको छ।
नेपाल प्रेस युनियन कञ्चनपुरका अध्यक्ष तेज बहादुर सिंहका अनुसार, कार्यसमितिको निर्णयअनुसार सभापति बोकटीको हातबाट परिचयपत्र वितरण गरिएको हो।कार्यक्रममा सभापति बोकटीले प्रेस युनियनको सक्रियता र संस्थागत गतिविधिहरूको प्रशंसा गरे। साथै, उनले आफूले युनियनका पत्रकारहरूलाई निरन्तर सहयोग गरिरहेको र आगामी दिनमा अझ बढी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा संस्थापक अध्यक्ष माधव धामी, उपाध्यक्ष मनोज भट्ट, सचिव देवेंद्र खड्का, सहसचिव अनिता लावड, कोषाध्यक्ष शंकर अवस्थी लगायत अन्य सदस्यहरूको उपस्थिति थियो।
कोषाध्यक्ष अवस्थीले उपस्थित हुन नसकेका पदाधिकारी र सदस्यहरूलाई पनि परिचयपत्र वितरण गरिने जानकारी दिए। प्रेस युनियन कञ्चनपुरले संस्थागत हितका कामहरू गर्दै आएको र कार्यालय सञ्चालन गर्दै राम्रो सुरुवात गरेको युनियनका सदस्यहरूले बताएका छन्।
