एलबिए टि २० क्रिकेट कपको उपाधी आयोजक टिमलाई

Published by:

Published on:

महेन्द्रनगर । लिटिलबुद्ध एकेडेमीले आयोजना गरेको एलबिए टि २० क्रिकेट कपको विजेता लिटिलबुद्ध एकेडेमी स्वयम भएको छ ।

महेन्द्रनगरको कबड्हलमा माघ ३० गते देखि यहि फागुन २० गते सम्म संचालन भएकोे एलबिए टि २० क्रिकेट कपको विजेता लिटिलबुद्ध एकेडेमी स्वयम भएको हो ।

एलबिए टि २० क्रिकेट कपमा कैलाली र कञ्चनपुरका १६ टिमको सहभागिता रहेको थियो ।सहभागि टिमलाई पछ्याउदै भीमदत्त नगरपालिका १० मा रहेको होलीफेम्ली एकेडेमी र लिटिलबुद्ध एकेडेमी फाईनल खेल्न सफल भएका थिए। होलीफेम्ली एकेडेमी र आयोजक टिम लिटिलबुद्ध विच भएको खेलमा लिटिलबुद्धले पहिले ब्याटिङ गरेको थियो भने होलीफेम्ली एकेडेमीको हातमा बलिङ परेको थियो ।

पहिलो ब्याटिङ गरेको आयोजक टिमले होलीफेम्ली एकेडेमीेलाई विजेताको लागि २० ओभरमा २ सय २२ रनको लक्ष दिएको थियो ।होलीफेम्ली एकेडेमीे २० ओभरको क्षतिसंगै १ सय १ रन बनायो । विजेताको रस्किस्सी रहेको होलीफेम्लीले उपविजेतामा चित्त बुझायो ।
विजेता आयोजकले नगद १ लाख १५ हजार र उपविजेता होलीफम्लीको छिमले नगर ६० हजार सहित ट्रफि,मेडल प्रदान गरिएको थियो ।प्रतियोगिताका लिटिलबुद्ध एकेडेमीका निराजन गौतम लाई उत्कुष्ट खेलाडी रुपमा नगद पुरस्कारले सम्मानित भएका थिए । उत्कृष्ट बलर प्रेम ठकुराठी,उत्कृष्ट ब्याटर पुकार चन्द,उँदाउदा खेलाडी विपिन पाललाई नगद सहित सम्मान गरिएको थियो ।

लिटिलबुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले विद्यालयले विगतदेखि गर्दै आएको क्रिकेट प्रतियोगिताको निरन्तरता स्वरुप अहिले सातौँ संस्करण अनुरुप गरिएको बताए । लिटिल बुद्ध एकेडेमीका अध्यक्ष नरेन्द्र सिह खत्रीले विद्यार्थीको प्रतिभा खेलकुद माध्यामबाट समेत प्रस्फुट गराउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

कञ्चनपुर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले विद्यालयले आयोजना गर्ने क्रिकेट प्रतियोगिताले क्रिकेटको बृद्धि विकासमा टेवा पुग्ने बताए । विद्यालयले शैक्षिकका साथै अतिरिक्त कृयाकलाप समेत गर्दैै आएको छ ।

कञ्चनपुर क्रिकेटका खेलाडीका लागि उर्बराभूमि बनिरहेका बेला विद्यालयले समेत गर्ने प्रतियोगिताबाट थप नयाँ खेलाडी उत्पादनदेखि उत्साहित हुने वातावरण सृजना गरेको जनाएको छ ।आगामी बर्षहरुमा समेत थप स्तरिय प्रतियोगिता बनाउने आयोजकले प्रतिज्ञा गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार