पशुपतिनाथको गजुर खस्यो, अनिष्ट संकेत

Published by:

Published on:

काठमाडौँ । जिल्लास्थित नेपालकै प्रमुख ऐतिहासिक, धार्मिक एवं पर्यटकीय तिर्थस्थल पशुपतिनाथको गजुर खसेको छ। आज मन्दिरको मूल सुनको गजुर खसेको हो।

ज्ञाताहरुका अनुसार धार्मिक दृष्टिले यो अनिष्टको संकेतसमेत हो। यसैक्रममा मुलुकमा व्यवस्था परिवर्तनकै लागि पनि प्रयास भैरहेको देखिन्छ। राजावादीहरु सडक आन्दोलनमा उत्रिएका बेला भारतले पनि त्यसमा समर्थन जनाइरहेको र गणतन्त्रवादी दलहरु अत्तालिएको विषय सतहमा आइरहेका छन्।

सोही क्रममै देशकै महत्वपूर्ण तिर्थ पीठमा यस्तो घटना घटेकाले त्यसलाई थप बल पुगेको हो।

काठमाडौँ महानगरपालिकास्थित सो मन्दिर मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्रमा पनि पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।

काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला सङ्ग्रहालय जस्तै देखिन्छ। शैव, शाक्त, वैष्णव, बौद्ध, जैन , सौर, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्रको रूपमा रहेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल , अखाडा पनि रहेका छन्।

सो खसेको गजुरकै दर्शन गर्दा पनि पशुपतिनाथको दर्शनसरह मानिने भएकाले गजुर खस्नुलाई महत्वपूर्ण मानिएको छ। यस अगाडि निषेधाज्ञा लागेका बेलादेखि मूल मन्दिरको गजुरको दर्शन गर्नु पनि पशुपतिनाथको दर्शन गरे बराबरको फल मिल्ने मान्यता स्थापित भएको थियो।

यस अगाडिसमेत सो गजुर र त्रिशूल मर्मत गरिएको थियो। सुनको जलप लगाइएको गजुरका किलाकाटी उक्किएको तथा त्रिशूलको एक भाग लत्रिएपछि सर्वसाधारण र तीर्थालुले कोषलाई मर्मतसम्भारका लागि अनुरोध गर्दा मर्मत गरिएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार