इजरायलद्वारा गाजामा भीषण आक्रमण, झण्डै साढे तीन सय प्यालेस्टाइनी मारिए

Published by:

Published on:

काठमाडौँ । इजरायली सेनाले गाजामा भीषण आक्रमण गरेको छ । इजरायल र विद्रोही हमासबीच भएको युद्ध विरामपछि यो सबैभन्दा ठूलो आक्रमण हो ।

जनवरी १९ बाट सुरु भएको युद्ध विरामपछिको अहिलेसम्मकै ठूलो भनिएको कारबाहीमा सयौं प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाले गाजा क्षेत्रमा आफ्ना तर्फबाट ठूलो आक्रमण भइरहेको जनाएको छ ।

बीबीसीको हिन्दी अनलाइन संस्करणले हमासको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै आक्रमणमा परी कम्तिमा पनि ३३० प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार