नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपर ओभरमा

Published by:

Published on:

काठमाडौं । नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपर ओभरमा जाने भएको छ। तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले दिएको १५३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनायो। निर्धारित २० ओभरमा खेल टाइ हुँदा खेल सुपर ओभरमा तानिएको हो।

अन्तिम ओभरमा ६ बलमा १६ रन चाहिएको अवस्था रहेको थियो। क्रिजमा नन्दन यादव र सन्दीप लामिछाने रहेका थिए। १९।३ मा नन्दन यादवले चौका प्रहार गर्दै ३ बलमा ९ रन चाहिएको अवस्थामा नेपाललाई ल्याए। चौथो बलमा २ रन लिए।

अन्तिम बलमा नेपाललाई जितको लागि ५ रन चाहिँदा नन्दन क्रिजमा रहेको अवस्थामा नन्दनले अन्तिम बलमा चौका प्रहार गर्दै खेल सुपर ओभरमा लगेका हुन्।

ताजा समाचार

सम्बन्धित समाचार