भक्तपुरका मालपोत प्रमुख र कार्यालय सहयोगी २४ लाख घुससहित पक्राउ 

Published by:

Published on:

भक्तपुर । भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउत २४ लाख ५० हजार रुपैयाँ घुसससहित पक्राउ परेका छन् । जग्गाको लगतकट्टाका लागि उनीहरूले घुस लिएका हुन्। उनीहरूलाई घुुससहित मंगलबार दिउँसो कार्यालयबाटै पक्राउ गरेको हो।

पैसा भने कार्यालय सहयोगी राउतबाट बरामद भएको आयोगले जनाएको छ। कार्यालय प्रमुखकै मिलेमतोमा उनले पैसा उठाएको आयोगको दाबी छ । आयोगले कार्यालय प्रमुख आचार्यको दुईवटा मोबाइल पनि जफत गरेको छ ।

चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगतकट्टाको फाइल रोकेर उनीहरुले घुस मागेका थिए। अख्तियारले सूचना पाएपछि स्टिङ अप्रेसनमार्फत पक्राउ गरेको हो। साभार : नयाँपत्रिका

ताजा समाचार

सम्बन्धित समाचार