ऐश्वर्या कुवँर महेन्द्रनगर मंसिर २० । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा एक महिलाले आफ्नै ससुराविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा मुद्धा दर्ता गरेपछि प्रहरीले आरोपित ससुराको नाममा पक्राउ पुर्जी जारी गरेको छ ।
जिल्लाको भीमदत्त नगरपालिका बस्ने –परिवर्तित नाम (५६ कुमारीले) श्रीमान विदेश भएको मौका छोपी आफ्नै ससुराले आफुमाथी जबरजस्ती करणी जस्तो कुकर्म गरेको आरोप लगाउदै यही मंसिर १७ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसन्धान अधिकृत प्रनी बासुदेव अवस्थीले बताएका छन् ।
परिवर्तित नाम (५६ कुमारीले) उल्लेखित जाहेरीमा जिल्लाको शुक्लाफाटा नगरपालिका बस्ने ससुरा परिवर्तित नाम (राज कुमारल)े श्रीमान विदेश भएको मौका छोपी पाचँ महिना अगाडी साउन महिना राती १२ बजे आफ्नु कोठामा आई आफुमाथी जबरजस्ती करणी गरेको र परिवारका अरु सदस्यहरुलाई भने मार्ने धम्की दिने लगाएत विभिन्न सम्पत्ति दिने जस्ता विभिन्न प्रलोभन देखाई घटना साम्य गर्ने खोजेको पिडित ५६ कुमारीले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख गरिएको छ ।
अनुसन्धान अधिकृत बासुदेव अवस्थीका अनुसार परिवर्तीत नाम (५६ कुमारीले) दिएको किटानी जाहेरीको आधारमा मुद्धा दर्ता गरे संगै आरोपीत ससुरा विरुद्ध पक्राउ पुर्जी समेत जारी भईसकेको र आरोपीत परिवर्तित नाम (राजकुमारले आफु विरुद्ध बुहारी (५६ कुमारीले जबरजस्ती करणीको मुद्धा दर्ता गरेपछी विष सेवन गरेर आत्महत्याको प्रयास गरेको आरोपीत (राज कुमार उपचारका लागि धनगढी अस्पतालमा रहेको प्रहरीको भनाई रहेको छ ।
कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत अवस्थीले भने,‘ परिवर्तित नाम ( ससुरा राजकुमार विरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ,’‘उनको घरमा पक्राउका लागि प्रहरी पठाएको थियो,’‘परिवारहरुले भन्यो उनि विष सेवन पछी थप उपचारको लागी धनगढी अस्पतालमा छन्,।‘हामीले बारम्बार अवस्था बुझिरहेका छौ,’। जाहेरी दर्तापछि प्रहरीले घटना सम्बन्धी प्रारम्भीक अनुसन्धना थालेको छ । अनुसन्धान अन्तर्गत घटनाको सम्भावित प्रमाण संकलन,घरको वातावरण,समय र सन्दर्भ विवरण आदि कार्यलाई अघि बढाई रहेको अवस्थीको भनाई रहेको छ ।
