डिएसपी उप्रेती पुगे सीमामा बसोबास गर्ने जनताको समस्याको जानकारी लिदै पुर्वको झापा बाट पश्चिम महाकाली

Published by:

Published on:

महेन्द्रनगर मंसिर २३ । सशस्त्र प्रहरीका डिएसपी युकेश उप्रेती साइकल यात्राको क्रममा पुर्वको झापा बाट पश्चिमको महाकाल पुगेका छन्। सशस्त्र प्रहरीबल नेपाल प्रधान कार्यालयमा कार्यरत प्रहरी नायक उपरिक्षक युकेश उप्रेतीले साइकलयात्रा सीमावर्ती २१ वटा जिल्लामा पर्ने सशस्त्र प्रहरीका एक सय ८६ वटा विओपी र करीब १४ सय किलोमिटर यात्रा तय गरेको बताका छन् ।

डिएसपी उप्रेतीले नेपालको भौगोलिक अध्यन र विभिन्न जिल्लाका सीमा क्षेत्रमा बसोबास गर्ने मानिसहरुको समस्याको जानकारी दिने उदेश्यले साइकल यात्रा तय गरेको बताएका छन् ।

साइकल यात्राको क्रममा कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी पुगेका उप्रेतीलाई कञ्चनपुर भन्सार कार्यालयका प्रमुख चक्र देव भट्ट,सशस्त्र प्रहरी गुल्म गड्डाचौकीका डिएसपी जनक उपाध्यया,सीमानाकामा खटिएका नेपाल प्रहरी लगाएका कर्मचारीले फूलमाला सहित भब्य स्वागत गरेका थिए।

ताजा समाचार

सम्बन्धित समाचार