कञ्चनपुरको सामाजिक विकास कार्यालयद्वारा ४६ प्रतिशत बजेट खर्च, भौतिक पूर्वाधार निर्माण तीव्र

Published by:

Published on:

महेन्द्रनगर २ असोज २०८३ । सामाजिक विकास कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०८२ र०८३ मा आफ्नो कुल बजेटको ४६ं..२४ प्रतिशत रकम खर्च गरेको छ। कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार विनियोजित कुल रु २६ करोड ७१ लाख १२०,००० बजेटमध्ये रु १२  करोड सैतीस लाख २३ हजार सात सय छियाहत्तर खर्च भएको सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख भिम क्षेत्रीले बताए ।

चालु तर्फको बजेट खर्चको अवस्था सन्तोषजनक देखिए पनि पुँजीगत खर्च भने तुलनात्मक रूपमा न्यून रहेको छ। पुँजीगत तर्फ कुल बजेटको ३५.८३ प्रतिशत र चालु तर्फ ७१.३४ प्रतिशत खर्च भएको कार्यालयको दस्ताबेजले देखाउँछ।

भौतिक पूर्वाधार र शैक्षिक विकासमा उपलब्धि
कार्यालयले चालू आर्थिक वर्षमा शिक्षा तथा भौतिक पूर्वाधार विकासका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको दाबी गरेको छ। मुख्य मुख्य उपलब्धि र क्रियाकलापहरू यस प्रकार छन् ।

भवन तथा खेलमैदान निर्माण ः जिल्लाभर १७ वटा २ कोठे र ५ वटा ४ कोठे विद्यालय भवन निर्माण सम्पन्न भएका छन्। यसैगरी १ वटा विद्यालय छात्रावास, ५ वटा सामुदायिक भवन र २ वटा क्याम्पस भवन निर्माण गरिएको छ। खेलकुदको विकासका लागि ३ वटा खेलमैदान निर्माण गरिएको विवरणमा उल्लेख छ।

डिजिटल शिक्षा र व्यवस्थापनः ८ वटा विद्यालयमा आइसिटी ल्याब व्यवस्थापन गरिएको छ भने १ वटा विद्यालय मर्मत तथा फर्निचर व्यवस्थापनको कार्य सम्पन्न भएको छ।

खेलकुद सामग्री सहयोगस् जिल्ला फुटबल सङ्घको कार्यालयमा फर्निचर तथा खेलकुद सामग्री र जिल्ला बक्सिङ सङ्घका लागि आवश्यक खेलकुद सामग्री व्यवस्थापन गरिएको छ।

सामाजिक तथा विशेष शिक्षा लक्षित कार्यक्रम
कार्यालयले लक्षित वर्ग, परम्परागत शिक्षा र व्यावसायिक तालिमलाई पनि प्राथमिकतामा राखेको जनाएको छ ।

विशेष र प्राविधिक शिक्षा, परम्परागत तथा धार्मिक विद्यालय सुदृढीकरण अन्तर्गत २ वटा विद्यालय, विशेष शिक्षा सञ्चालित २ वटा स्रोत कक्षा सुदृढीकरण र २ वटा प्राविढीक तथा व्यावसायिक शिक्षा सञ्चालित विद्यालयमा ल्याब तथा कार्यशाला वर्कसप व्यवस्थापन गरिएको छ।

छात्रवृत्ति र सीप विकासः बादी समुदाय उत्थान छात्रवृत्ति कार्यक्रम अन्तर्गत ११६ जना विद्यार्थी लाभान्वित भएका छन्। यस्तै, विभिन्न पालिकाका दलित, जनजातिलाई समेटेर १६१ जनालाई सीप विकास तालिम र व्यवसायका लागि अनुदान वितरण गरिएको छ भने ३३ जना युवाका लागि क्षमता विकास तालिम सञ्चालन गरिएको छ।

सामाजिक सहयोग र नमुना विद्यालयस् जिल्लाका २ वटा सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला व्यवस्थापन र ९ वटा नमुना प्रारम्भिक बाल विकास केन्द्रमा शैक्षिक सामग्री व्यवस्थापन गरिएको छ। यसका साथै ३ वटा वृद्धश्रम, अनाथालय र बाल गृहलाई आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराइएको छ।

कार्यालयले प्रगति विवरण सार्वजनिक गर्दै केही प्राविधिक तथा व्यावहारिक समस्याका कारण लक्ष्य अनुसार शतप्रतिशत बजेट खर्च हुन नसके पनि आगामी दिनमा कार्यसम्पादनमा थप प्रभावकारिता ल्याइने प्रतिबद्धता जनाएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार