महेन्द्रनगर असोज ३ । महेन्द्रनगरमा एसपी बेकरी पेष्टी उद्योथ तथा नास्ता पसल संचालनमा आएको छ । शनिबार बाट जिल्लाको भीमदत्त नगरपालिका ४ जिप्रका रोड उद्योग वाणिज्य संघ नजिकै एसपी बेकरी पेष्टी उद्योग तथा नास्ता पसल संचालनमा आएको हो ।
भीमदत्त नगरपालिका १३ का युवा देउडा गाएक तथा समाजसेवी बिरेन्द्र वडले एसपी बेकरी पेष्टी उद्योग तथा नास्ता पसल संचालनमा ल्याएका हुन ।पारिवारीक जमघटका साथ एसपी बेकरी पेष्टी उद्योग तथा नास्ता पसल संचालनमा ल्याएका बिरेन्द्र वडले विदेश नगयर आफ्नै देशमा ब्यापार व्यावसाय गर्ने बताए। बिरेन्द्रले सम्पुर्ण ग्राहक वर्गलाई एक चोटि सेवाको मौका दिन समेत आग्रह गरेका छन् ।



