बाजुरामा आगलागीबाट दुई घर जलेर नष्ट

Published by:

Published on:

२०८३ कार्तिक २६ महेन्द्रनगर । बाजुरामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्।

त्रिवेणी नगरपालिका–६ पन्धाराका नन्दु नेपाली र बडीमालिका नगरपालिका–२ जुगेडाका मानबहादुर विष्टको घरमा आगलागी भएको हो।
आगलागीबाट नन्दुको घर पूर्णरूपमा जलेर नष्ट भएको छ।

आगलागीबाट घरमा राखिएका अन्नपात, लत्ताकपडा र धनमाल जलेर नष्ट भएको नेपालीले बताए।
यस्तै, बडीमालिका नगरपालिका–२ जुगेडाका मानबहादुर विष्टको घरको भान्सामा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीबाट भान्सामा राखिएका अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जलेर नष्ट भएका छन्।

दुवै घटनामा भएको क्षतिको विस्तृत विवरण र आगलागीको कारणबारे थप जानकारी प्राप्त हुन बाँकी छ।

ताजा समाचार

सम्बन्धित समाचार