झगडा मिलापत्र गर्ने गएकाहरुलार्ई नै कञ्चनपुर प्रहरीले पक्राउ गरि मुद्धा चलाएपछी ……

Published by:

Published on:

महेन्द्रनगर कार्तीक ३० । वडा प्रहरी कार्यालय कञ्चनपुर भित्रै कुटाकुट गर्ने ६ जनाको समुहलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ ।

झगडा मिलापत्र गर्ने गएका भीमदत्त नगरपालिका वडा नम्बर ५ का दुई समुह बिच वडा प्रहरी कार्यालय कञ्चनपुर भित्रै कुटाकुट भएपछी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिला,एक बृद्ध र चार जना युवासहित छ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता टेक बहादुर रावतले बताए।

पक्राउ परेका छ जना बिरुद्ध सार्वजनिक स्थिलमा झैझगडा तथा शान्ति अमनचन भग गरेको भन्दै अभद्रको मुद्दा चलाइएको बताए। कुटाकुट गर्ने समुह गाउँघरमा भएको मुद्दा मिलापत्रको लागि वडा प्रहरी कार्यालय गएको बुझिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार